एनआईसी एशिया लघुवित्तका प्रतिनिधि निर्देशकमा विष्णु प्रसाद खनाल नियुक्त
Saturday Nov 08, 2025
वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०३
काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रतिनिधि निर्देशकको रूपमा श्री विष्णु प्रसाद खनाललाई नियुक्त गरेको छ। संस्थाको सञ्चालक समितिको हालै बसेको बैठकले खनाललाई प्रतिनिधि निर्देशक पदमा चयन गरेको हो।
नवनियुक्त प्रतिनिधि निर्देशक खनालले लामो समयदेखि बैंकिङ क्षेत्र तथा वित्तीय प्रशासनमा अनुभव सँगाल्दै आएका छन्। हालै सम्म उहाँ Chief Agriculture and Other Corporate Loans Departmentमा कार्यरत रहँदै लघुवित्त र ग्रामीण वित्त क्षेत्रको विकासमा योगदान पुर्याउँदै आउनुभएको थियो।
संस्थाले आयोजित विशेष कार्यक्रममा अध्यक्ष, संचालक समिति सदस्यहरू र वरिष्ठ अधिकारीहरूको उपस्थितिमा श्री खनाललाई स्वागत तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले उहाँको अनुभव, नेतृत्व क्षमता र रणनीतिक दृष्टिकोणले संस्थाको सेवा विस्तार र ग्राहक हितमा नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरे।
एनआईसी एशिया लघुवित्तले देशका विभिन्न ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समावेशी वित्तीय पहुँच विस्तार गर्दै आएको छ। संस्थाले महिला उद्यमशीलता, कृषक व्यवसाय, र साना उद्योगलाई लक्ष्यित वित्तीय सेवामार्फत आर्थिक सशक्तीकरणमा योगदान पुर्याइरहेको छ।
























