केई र्याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा
Monday Nov 10, 2025
वि.सं.२०८२ कात्तिक २४ सोमवार ०९:३८
काठमाडौं। जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका आधिकारिक आयातकर्ता, ले केई ग्राहक भेट र्याली आयोजना गरेका छन्। कार्यक्रममा केईका ५६ वटा गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) ले थापाथलीबाट क्लब हिमालय, नगर्कोटसम्मको रमाइलो यात्रा गरे।
र्यालीको उद्देश्य ग्राहकबीचको सम्बन्ध सुदृढ बनाउनु र वातावरणमैत्री यात्राको प्रवर्द्धन गर्नु थियो। यात्राका क्रममा सहभागीहरूले प्राकृतिक सुन्दरताको आनन्द लिनुका साथै रमाइला खेल र समूहगत गतिविधिमा भाग लिए।
क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू राखिएका थिए। कार्यक्रमको मुख्य आकर्षण सीपीआर (Cardiopulmonary Resuscitation) सम्बन्धी सचेतना र तालिम सत्र रह्यो, जसमा स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा सहयोग गर्ने तरिका सिकाए। यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति जागरूकता बढाएको आयोजकले जनाएको छ।
सबैको निरन्तर साथ र विश्वासका साथ, केईले आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना गरेको छ ।
























