CG Electronics
IME Life
Ncell NPL

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ, नेपाल – १० नोभेम्बर, २०२५ – नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। यो कार्यक्रम कार्तिक २३, २०८२ मा एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. द्वारा आयोजना गरिएको थियो, जसले देशभर गुणस्तरीय सवारी साधन र सेवाहरू प्रदान गर्ने फोटोनको यात्रामा अर्को महत्वपूर्ण माइलस्टोन थपेको छ। शोरुमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद जैशी (राजु) महासचिव सुर्खेत चेम्बर अफ कमर्श द्वारा गरिएको थियो।

कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, TM1, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्। यी सवारीहरूले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्छन्।

नेपालमा उच्च गुणस्तरीय व्यावसायिक सवारी र इनोभेटिभ सोलुसन्सका लागि मानक स्थापना गरेको चितवन शोरुमको सफलतासँगै अब सुर्खेत शोरुमले एमएडब्लू वृद्धिको उत्कृष्टता, पहुँच र भरपर्दोपनको प्रतिबद्धतालाई थप सुदृढ बनाउने छ। चितवन शोरुमले त्यस क्षेत्रको लागि उच्च गुणस्तरीय, कुशल र भरोसायोग्य मोबिलिटी सोलुसन्सको माग पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अब सुर्खेत शोरुमले पश्चिमी क्षेत्रका ग्राहकहरूको लागि सोही सफलताको परम्परा जारी राख्ने छ।

यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ। साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ, जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्छ।

“हामी फोटोन मोटरलाई सुर्खेतवासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं”, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता भन्छन्, “चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ। हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं।”

यस सम्बन्धि थप जानकारी र टेस्ट राइडको लागि एयरपोर्ट रोड, सुर्खेतस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. भ्रमण गर्न र फोटोन मोटरद्वारा नेपालमा प्रदान गरिने इनोभेसन, भरपर्दोपन र प्रदर्शन अनुभव गर्न सक्नुहुन्छ।

एमएडब्लू वृद्धिका बारेमा

एमएडब्लू वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारी सप्लायर हो जो उत्कृष्ट मोबिलिटी सोलुसन्स विकास गर्न र उपलब्ध गराउन प्रतिवद्ध छ। कम्पनी फोटोन सवारी साधनको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै भरपर्दोपन र प्रदर्शनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्सियलले आफ्नो देशव्यापी शोरुम र बढ्दो सर्भिस नेटवर्क मार्फत् व्यवसायहरूलाई उच्च गुणस्तरीय सवारी र विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

 

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:४४

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते)...

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५ लाख र विन्डसर ३९.७५ लाखबाट उपलब्ध

एमजीका आधुनिक ईभी अब नेपालमा, कमेट १८.७५...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:३६

काठमाडौं । JSW MG Motor India को नेपालका लागि आधिकारिक...

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

मे इन्डल्जेन्स: रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२३

  इटहरी, नेपाल - ४ मे, २०२६- रमादाबाई विन्धम इटहरीले...

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम टायल कलेक्सनको शुभारम्भ

कजारियाको नयाँ शोरुम अब हापुरे दाङमा, प्रिमियम...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १०:२०

  हापुरे । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो राष्ट्रव्यापी सञ्जाल...

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...