CG Electronics
IME Life
NIMB

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था विभागले “सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सार्वजनिक सवारी साधनहरू (इलेक्ट्रिक समेत) को दर्ता रोक्का गरिएको” भन्दै जारी गरेको निर्णयले अटोमोबाइल व्यवसायीहरू ठूलो आर्थिक जोखिममा परेको जनाएको हो ।

चेम्बरका अनुसार सार्वजनिक सवारी व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन बनाउन सरकारद्वारा ल्याउन लागिएको नीति स्वागतयोग्य भए पनि व्यवसायीहरूसँग कुनै पूर्व सूचना, छलफल वा समन्वय नगरी हठात रूपमा दर्ता रोक्का गर्ने निर्णय गरिनु व्यवहारिक नभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर प्रतितपत्र (एलसी) खोली आयात गरिएका सयौँ सवारी साधनहरू भन्सार छुटेर दर्ता प्रक्रियामा रहेको, केही ट्रान्जिटमा रहेको तथा कतिपय उत्पादक कम्पनीबाट अर्डर अनुसार निर्माण तथा डिस्प्याच भइसकेको अवस्थामा अचानक दर्ता रोक्का गरिँदा लगानी जोखिममा परेको जनाइएको छ ।

चेम्बरले सार्वजनिक यातायात सेवाका लागि आयात गरिएका यस्ता सवारी साधन अन्य क्षेत्रमा बिक्री वा प्रयोग हुन नसक्ने भएकाले व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्ने चेतावनी दिएको छ । साथै यस निर्णयले अन्तर्राष्ट्रिय उत्पादक कम्पनीहरूसँग नेपाली व्यवसायीहरूको विश्वसनीयतामा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारीका बेला पनि सरकारले अचानक सवारी साधन आयात रोक्का गर्दा नेपाली व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा ठूलो विश्वसनीयता गुमाउनुपरेको स्मरण गराउँदै चेम्बरले पुनः यस्तै निर्णयले नेपालको व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश जाने जनाएको छ । चेम्बरले उक्त निर्णयले सार्वजनिक यातायात सेवा, रोजगारी, अटोमोबाइल व्यवसाय, बैंकिङ क्षेत्रको लगानी तथा सरकारी राजस्व संकलनमा समेत प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै सरकारसँग निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दर्ता प्रक्रियामा रहेका, ट्रान्जिटमा रहेका तथा पूर्वस्वीकृत प्रक्रियाअन्तर्गत आयात भएका सवारी साधनहरूको दर्ता तथा सञ्चालनमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । साथै निजी क्षेत्र र सरोकारवालाहरूसँग आवश्यक समन्वय तथा परामर्श गरी व्यवहारिक, वैज्ञानिक र दीर्घकालीन नीति अवलम्बन गर्न पनि आग्रह गरिएको छ ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...