सिद्धार्थ बैंकका ग्राहकहरूलाई माउन्ट अफ एक्सेलमा ४०% सम्मको छुट
Monday Nov 10, 2025
वि.सं.२०८२ कात्तिक २४ सोमवार १०:०७
काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधा र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले माउन्ट अफ एक्सेल प्रा.लि. सँग सहकार्य गरेको छ। यस अन्तर्गत बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा विभिन्न सेवाहरूमा ४० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता अनुसार, काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल मा सेवा लिँदा सिद्धार्थ बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सो छुट पाउने छन्।























