सानिमा बैंक र दराजबीच ‘दराज ११.११’ अफरका लागि सहकार्य
Monday Nov 10, 2025
वि.सं.२०८२ कात्तिक २४ सोमवार २२:२१
काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै दराजसँग ‘दराज ११.११’ अफरका लागि सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत ग्राहकहरूले दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट पाउनेछन्।
ग्राहकहरूले डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु १,५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्ने छ। उक्त अफरमा सहभागी ग्राहकहरूलाई “पहिलो आउनेलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ।
यो अफर २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्म लागू रहनेछ। सानिमा बैंकले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा अभ्यस्त बनाउनका लागि समय–समयमा विभिन्न छुट र प्रोत्साहनात्मक अफरहरू ल्याउँदै आएको छ। विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएम मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
























