NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटसम्बन्धी समझदारी

NIMB
leapmotornepal (citroen)

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथलीस्थित एकता बुक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

उक्त समझदारी अनुसार, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू ले एकता बुक्सका थापाथली, मानभवन, पोखरा र इटहरी शाखाबाट पुस्तक खरिद गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस सहकार्यले ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न उत्प्रेरित गर्ने र नगद कारोबार घटाउने बैंकको विश्वास छ। सिटिजन्स बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ्गको प्रयोगमा अभ्यस्त बनाउन समय–समयमा ग्राहकमैत्री अफर र सुविधा सञ्चालन गर्दै आएको छ। छुट र अफरसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

हालै “बैंक अफ द इयर २०२४” को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले यसअघि नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा ऋण खाता नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता नवीनतम सेवाहरू पनि सुरु गरेको छ।

सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा–रहित बैंकिङ इकाइहरू मार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...