Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्स्मेन्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा “अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौँमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ पेशेवर (Professional) लिडरहरू तयार पार्नु रहेको थियो। प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए।
कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का “ब्रोनज क्लब” क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा “हिरो अफ द डे” उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत (CBO), प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO) र प्रमुख कार्यकारी अधिकृत (CEO) द्वारा संचालन गरिएको थियो, जसले सहभागीहरूमा उच्च स्तरको उत्साह र प्रेरणा जागृत गरेको थियो।

कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको आयोजना गरिएको थियो, जहाँ चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौँमा प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए। कार्यक्रम अत्यन्तै उत्साहजनक, जीवन्त र सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ। सहभागीहरू कार्यक्रमबाट प्रेरित, ऊर्जाशील र उत्साहित बनेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सधैं आफ्नो लिडरहरूमा सकारात्मक ऊर्जा र खुसी फैलाउने विश्वास राख्दै आएको छ। कम्पनीका अनुसार, कडा परिश्रम गर्ने लिडरहरूको सम्मान र पुरस्कृत गर्नु कम्पनीको नीति तथा संस्कृतिको अभिन्न अङ्ग हो। निकट भविष्यमा पश्चिम तथा हेटौँडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गरिने कम्पनीले जानकारी दिएको छ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान...

वि.सं.२०८२ कात्तिक २६ बुधवार ०९:००

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको...