CG Electronics
IME Life
NIMB

एन आई सी एशिया बैंकले ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवाको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ले आफ्ना आदरणीय ग्राहक महानुभावहरूलाई आफ्ना खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकका अनुसार, ग्राहक महानुभावहरूको खाताबाट गरिएको कर कट्टीको विवरण “आयकर ऐन, २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग द्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले, ग्राहक महानुभावहरूले बैंकको
वेब पोर्टल (https://www.nicasiabank.com) वा मोबाइल बैंकिङ एप मा रहेको ‘Update PAN’ विकल्पमा ट्याब गरी आफ्नो प्यान विवरण यथाशीघ्र अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आवेदनद्वारा प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकले जनाएको छ कि, निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई “भ्याट रेकर्ड (VAT Record)” मा जनाउनका लागि प्यान अत्यावश्यक छ। प्यान अद्यावधिक भएपश्चात् सम्बन्धित कर कट्टी विवरण सोही प्यानमा प्रविष्ट गरिने भएकाले आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर विवरण मिलान गर्ने व्यवस्था रहन्छ। यसबाट ग्राहक महानुभावहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ, र यसका लागि बैंकसम्म धाउनुपर्ने आवश्यकता समाप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ।

 

बैंकले थप जनाएको छ कि, ग्राहक महानुभावहरूले प्यान अद्यावधिक नगरेको कारणले भ्याट रेकर्डमा ब्याजकर दाखिला नभएमा, वा त्यसपछिका कर समायोजनका अवस्थामा, बैंक जिम्मेवार नहुने व्यहोरा पनि जानकारी गराइएको छ। त्यसैगरी, बैंकले ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘Profile Update’ विकल्पमार्फत ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्।
साथै, जुनसुकै शाखा कार्यालयबाट पनि ईमेल ठेगाना अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यदि ग्राहकले यसअघि बैंकमा प्यान उपलब्ध गराइसकेका भए पनि कर कट्टी विवरण समावेश नभएको, वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा, बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र (फोन नम्बर: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गरी सेवा लिन सकिनेछ।

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...