CG Electronics
IME Life
NIMB

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच फिट ५ सार्वजनिक गरेको छ। कम्पनीले देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रममार्फत उक्त स्मार्टवाच सार्वजनिक गरेको हो।

नेपालका लागि हुवावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालि ले आयोजना गरेको कार्यक्रममा फिटनेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मेल्टडाउनसँगको सहकार्यमा ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममा फिटनेस, संगीत र प्रविधिलाई एकै स्थानमा जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ। कार्यक्रमस्थललाई हुवावे वाच फिट ५ को सक्रिय, स्टाइलिस तथा आधुनिक जीवनशैली झल्किने गरी सजाइएको थियो।

कम्पनीका अनुसार वाच फिट ५ सक्रिय जीवनशैली अपनाउने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हो। स्ट्र्यापबाहेक करिब २७ ग्राम तौल र ९.५ मिलिमिटर मोटाइ रहेको यो स्मार्टवाच दिनभर सहज रूपमा लगाउन सकिने बताइएको छ।

यसमा १.८२ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेको छ, जसले अधिकतम २,५०० निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ। चर्को घाममा समेत नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा स्पष्ट रूपमा हेर्न सकिने कम्पनीको दाबी छ।

स्मार्टवाचमा रहेको ‘मिनी वर्कआउट असिस्टेन्ट’ सुविधाले घाँटी, काँध र ढाडलगायत शरीरका १० भाग लक्षित ३० वटा छोटा व्यायाम अभ्यास उपलब्ध गराउँछ। यी अभ्यासका लागि कुनै अतिरिक्त उपकरण आवश्यक नपर्ने जनाइएको छ।

ब्याट्री क्षमताका हिसाबले वाच फिट ५ ले सामान्य प्रयोगमा ७ दिन र हल्का प्रयोगमा १० दिनसम्म ब्याकअप दिने कम्पनीले जनाएको छ। ‘अलवेज-अन डिस्प्ले’ सक्रिय अवस्थामा भने ४ दिनसम्म प्रयोग गर्न सकिनेछ। यसमा वायरलेस चार्जिङ, ब्लुटुथ तथा एनएफसी सपोर्टसमेत उपलब्ध छ।

एन्ड्रोइड ९.० वा सोभन्दा माथिका तथा आईओएस १३.० वा सोभन्दा माथिका स्मार्टफोनसँग सञ्चालन हुने यो स्मार्टवाचमा इनबिल्ट स्पिकर र माइक्रोफोन पनि समावेश गरिएको छ। स्वास्थ्य निगरानीका लागि अप्टिकल हार्ट रेट सेन्सरसहित एक्सेलेरोमिटर, जाइरोस्कोप, म्याग्नेटोमिटर, एम्बियन्ट लाइट सेन्सर, ब्यारोमिटर तथा तापक्रम सेन्सर जस्ता सुविधा उपलब्ध छन्।

यसै अवसरमा हुवावेले नेपाली बजारमा हुवावे फ्रीक्लिप २, हुवावे फ्रीबड्स ७आई तथा हुवावे फ्रीबड्स एसई २ पनि सार्वजनिक गरेको छ।

मूल्य

  • हुवावे वाच फिट ५ – रु. २७,९९०
  • हुवावे फ्रीक्लिप २ – रु. ३३,९९०
  • हुवावे फ्रीबड्स ७आई – रु. १७,९९०
  • हुवावे फ्रीबड्स एसई २ – रु. ७,४९०

कम्पनीका अनुसार यी सबै उत्पादनहरू नेपालभर रहेका हुवावेका आधिकारिक रिटेल स्टोर तथा रिसेलरमार्फत उपलब्ध छन्।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...