Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई अवार्ड हस्तान्तरण

काठमाडौं। चीनको बेइजिङमा सम्पन्न फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ मा एमएडब्लु वृद्धिले ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड प्राप्त गरेको छ।  फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने यो अवार्डले नेपालमा नयाँ ऊर्जाको प्रवर्द्धन र इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एमएडब्लु वृद्धिको योगदानको उच्च प्रशंसा गरेको हो। विश्वका १४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी उक्त सम्मेलनमा नेपालका लागि यो सम्मान गर्वको विषय बनेको कम्पनीले जनाएको छ।

फोटोनका अनुसार, नेपाल अहिले विश्वव्यापी रूपमा तीव्र गतिमा बढ्दै गएको इलेक्ट्रिक भेहिकल (ईभी) बजारहरूमध्ये एक बनेको छ। हाल नेपालको कमर्शियल ईभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगेको छ, जसले देशको दिगो यातायाततर्फको प्रगतिलाई झल्काउँछ।

उक्त अवार्ड फोटोन मोटरका उपाध्यक्ष किन झिडोङले हस्तान्तरण गरे भने, एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियाले ग्रहण गरे। अवार्ड ग्रहणपछि सिकरियाले भने, “यो उपलब्धि हाम्रो सम्पूर्ण टिम, साझेदार र सहयोगीहरूको साझा प्रयासको परिणाम हो। हामी नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको ईभी विस्तारमा महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न प्रतिबद्ध छौं।”

नोभेम्बर ६ देखि १० तारिखसम्म चलेको सम्मेलनको मुख्य विषयवस्तु ‘A Shared Vision: To Be a World-Class Commercial Vehicle Enterprise’ रहेको थियो। कार्यक्रममा १४० भन्दा बढी देशका करिब २ हजार साझेदारहरूको सहभागिता रहेको थियो।कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र भविष्यमा उद्योगलाई अगाडि बढाउने नवीनतम प्रविधि र रणनीतिक योजनाहरू पनि प्रस्तुत गरिएको थियो।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ८% नगद लाभांश वितरण स्वीकृत

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०३

https://youtu.be/pQWETjjd1zA?si=gEye1MR5B0Txrf8c काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा...