CG Electronics
IME Life
NIMB

नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेश : प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंक गर्भनरबाट विशेष शुभकामना

NIMB
Himalayan Bank

काठमाडौं। नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड ८९औँ वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन्।

प्रधानमन्त्रीले बैंकको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै नेपाल बैंकले अर्थतन्त्रको स्थायित्व, वित्तीय पहुँच विस्तार तथा आधुनिक बैंकिङ प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। उहाँले आगामी दिनमा प्रविधिमैत्री, दिगो र पारदर्शी सेवा विस्तार गर्दै राष्ट्रको आर्थिक समृद्धिमा थप योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।

त्यसैगरी अर्थमन्त्रीले बैंकले विगत ८९ वर्षमा वित्तीय प्रणालीको विस्तार, जनताको बैंकिङ पहुँच वृद्धि तथा आर्थिक क्रियाकलाप सुदृढीकरणमा अत्यन्त सकारात्मक योगदान दिएको बताए। बैंकले अपनाइरहेको सुधारोन्मुख व्यवस्थापन, नवीन सेवा र डिजिटल प्रणालीले वित्तीय क्षेत्रमा प्रतिस्पर्धात्मकता बढाएको उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकका गर्भनरले नेपाल बैंकलाई मुलुकको बैंकिङ इतिहासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा स्थायित्व अभिवृद्धिमा बैंकको भूमिकालाई महत्वपूर्ण बताए। बैंकले वित्तीय साक्षरता र डिजिटल बैंकिङ प्रवर्द्धनमा पुर्‍याइरहेको योगदानको समेत प्रशंसा गरिएको थियो।

नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८९ वर्ष पूरा गर्दै विभिन्न कार्यक्रम र सेवा विस्तारका योजनासहित वार्षिकोत्सव मनाइरहेको छ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...