CG Electronics
Ncell NPL Banner ads
TATA Banner

आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै

Laxmi Sunrise Bank Limited
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।

तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।

यस्तै, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।
अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

CG Electronics
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १०...

वि.सं.२०८२ मंसिर १२ शुक्रवार ०९:१६

जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार...

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’

‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही...

वि.सं.२०८२ मंसिर ११ बिहीवार २२:३०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई...

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै

वि.सं.२०८२ मंसिर ११ बिहीवार २२:२८

काठमाडौं । ‘सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज...

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं : मन्त्री अर्याल

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौं...

वि.सं.२०८२ मंसिर ११ बिहीवार २२:१५

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि...

राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्दै

राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ३० अर्ब...

वि.सं.२०८२ मंसिर १० बुधवार १९:४५

काठमाडौं । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ...

पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो : मन्त्रि घिसिङ

पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म...

वि.सं.२०८२ मंसिर १० बुधवार १६:१२

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका...