IME Life
NIMB

भैँसेपाटीमा एलजीद्वारा सञ्चालनमा आएको नेपालकै पहिलो आधुनिक लन्ड्री लाउन्ज

NIMB
Himalayan Bank

काठमाडौं । ललितपुरको कार्यविनायक, भैँसेपाटीमा एलजी इलेक्ट्रोनिक्सले आफ्नो साझेदार क्लासी क्लिनसँग मिलेर नेपालकै पहिलो आधुनिक लन्ड्री लाउन्ज सञ्चालनमा ल्याएको छ। उद्घाटन समारोह चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र एलजी बंगलादेशका प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन्।

एलजी लन्ड्री लाउन्ज प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणामा तयार गरिएको हो। कम्पनीका अनुसार, यसले अत्याधुनिक उपकरण र आकर्षक भिजुअल पहिचानमार्फत लन्ड्रोम्याटको नयाँ अनुभव प्रदान गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

लन्ड्री लाउन्जमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय धुने तथा सुकाउने सेवा, कपडाको राम्रो हेरचाह, पानी र ऊर्जा बचत सुनिश्चित गर्छ। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज पनि गर्छन्।

ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० देखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधा पनि उपलब्ध छ।

एलजी लन्ड्री लाउन्जको यो नयाँ पहलले नेपालमा लन्ड्रोम्याट सेवामा नयाँ स्तर स्थापना गरेको कम्पनीले जनाएको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...