टेलिनेट प्रा.लि. र सेल्सफोर्सको साझेदारीले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने
Tuesday Dec 16, 2025
वि.सं.२०८२ पुस १ मंगलवार ०८:२७
काठमाडौँ। नेपालको प्रविधि तथा सञ्चार क्षेत्रमा अग्रणी रमेश कर्प समूह अन्तर्गतको टेलिनेट प्रा.लि. ले विश्वकै अग्रणी CRM प्लेटफर्म सेल्सफोर्स (Salesforce) सँग सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायहरूको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने घोषणा गरेको छ।
यस साझेदारीमार्फत नेपाली व्यवसायहरूको सञ्चालन प्रणालीलाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान र स्थानीय विशेषज्ञ समर्थनको पहुँच सुनिश्चित गरिनेछ। अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्महरू स्थानीय सपोर्टसहित प्रयोग गर्न सक्नेछन्, जसले उनीहरूको कार्यक्षमता, उत्पादकता र प्रतिस्पर्धात्मक क्षमता उल्लेखनीय रूपमा बढाउनेछ।
टेलिनेट प्रा.लि. यस साझेदारी अन्तर्गत स्थानीय इम्प्लिमेन्टेशन तथा सपोर्ट पार्टनर को रूपमा रहनेछ। यसमार्फत नेपालका कम्पनीहरूले Sales Cloud, Slack र Tableau लगायत सेल्सफोर्सका प्रमुख समाधानहरू सजिलै अपनाउन सक्नेछन्। टेलिनेटले नेपालमै सेल्सफोर्सको कार्यान्वयन, प्रशिक्षण तथा निरन्तर समर्थन प्रदान गर्नेछ।
सेल्सफोर्स समाधानका प्रमुख फाइदाहरूः
● स्मार्ट वृद्धि (Smarter Growth)
Sales Cloud ले बिक्री टोलीको कार्यप्रवाहलाई सरल बनाउँछ। सबै ग्राहक जानकारी र अवसरहरू एउटै प्लेटफर्ममा उपलब्ध हुँदा छिटो निर्णय लिन सहज हुन्छ। दोहोरिने काम घट्छ, ग्राहकलाई छिटो प्रतिक्रिया दिन सकिन्छ, र AI–आधारित सुझावमार्फत व्यवसायको द्रुत वृद्धिमा सहयोग पुग्छ।
● उन्नत सहकार्य (Enhanced Collaboration)
Slack ले टिमहरूलाई वास्तविक–समयमा जोड्दै सहकार्यलाई बलियो बनाउँछ। कार्यालयभित्र वा बाहिर जहाँ भए पनि सन्देश, फाइल र मिटिङ एउटै प्लेटफर्ममा व्यवस्थापन गर्न सकिन्छ। यसले विभागहरूबीचको दूरी हटाउँदै कामलाई छरितो र प्रभावकारी बनाउँछ।
● डेटा–आधारित अन्तर्दृष्टि (Data-driven Insights)
Tableau ले जटिल डाटालाई चार्ट, ग्राफ र ड्यासबोर्डमार्फत सजिलै बुझ्न सकिने रूपमा प्रस्तुत गर्छ। यसले व्यवसायलाई प्रदर्शन मूल्याङ्कन, सुधार आवश्यक क्षेत्र र ग्राहक प्रवृत्तिबारे स्पष्ट जानकारी दिन्छ, जसका आधारमा तथ्य–आधारित निर्णय लिन सकिन्छ।
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतम भन्नुहुन्छः
“टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ। एजेण्टिक AI को युगमा नेपाली व्यवसायहरू डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेका छन्, र हामी उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धिमा सहयोग गर्न प्रतिबद्ध छौँ।”
टेलिनेट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूद भन्नुहुन्छः
“वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको पहुँच नेपाली व्यवसायका लागि चुनौती थियो। अब त्यो अवस्था बदलिँदैछ। टेलिनेट नेपालमा सेल्सफोर्सको अग्रमोर्चामा उभिँदै, स्थानीय परामर्श, समर्पित प्रशिक्षण र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराइरहेको छ। AI–आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको द्रुत वृद्धि सुनिश्चित गर्ने सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ।”
प्रारम्भिक चरणमा, टेलिनेट र सेल्सफोर्सले प्रमुख आर्थिक क्षेत्रहरूलाई लक्षित गर्दै परामर्श, प्रशिक्षण तथा छिटो कार्यान्वयन सेवा प्रदान गर्नेछन्, जसले द्रुत अपनत्व र मापनयोग्य व्यवसायिक परिणाम सुनिश्चित गर्नेछ।
टेलिनेट प्रा.लि.को बारेमा
रमेश कर्प समूह अन्तर्गतको टेलिनेट प्रा.लि. सन् २००९ देखि नेपाली व्यवसायहरूको प्रवर्द्धन र नवप्रवर्तनमा अग्रणी प्रविधि तथा सञ्चार सेवा प्रदायकका रूपमा क्रियाशील छ। १६ वर्षको अनुभवसहित, टेलिनेटले च्याटबोट तथा कल–सेन्टर अटोमेशन, तथा टेलिकम अपरेटरहरूका लागि USSD, SMS Gateway, Intelligent Network लगायतका भ्यालु–एडेड सेवाहरू प्रदान गर्दै आएको छ।
AWS तथा Alibaba Cloud का विश्वसनीय क्लाउड पार्टनरका रूपमा, टेलिनेटले क्लाउड माइग्रेशन, समाधान तथा आर्किटेक्चर डिजाइन, स्थानीय समर्थन तथा बिलिङ, र लचिलो क्लाउड डिप्लोयमेन्ट सेवाहरू उपलब्ध गराउँछ। साथै, वेब तथा मोबाइल एप विकास र अनुकूलित डिजिटल समाधानमा पनि कम्पनीको उल्लेखनीय दक्षता छ।
टेलिनेटले आफ्नो सह–सम्बद्ध संस्था Tele Marketing Services Pvt. Ltd. (नेपालमा Google र Meta का आधिकारिक पार्टनर) मार्फत Google Ads, Google Workspace, Meta Ads तथा WhatsApp Business Solutions जस्ता उद्योग–अग्रणी प्लेटफर्महरू नेपाली व्यवसायहरूलाई उपलब्ध गराउँदै आएको छ।




























