CG Electronics
IME Life
NIMB

बीमा कम्पनीलाई सबै भुक्तानी डिजिटलमार्फत गर्न प्राधिकरणको निर्देशन

NIMB
Himalayan Bank

 

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रका सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्न निर्देशन जारी गरेको छ।

प्राधिकरणले जीवन, निर्जीवन, लघु बीमा, पुनर्बीमा कम्पनी तथा बीमा दलालहरूलाई अबदेखि बीमालेख धारक, सेवा प्रदायक वा कर्मचारीलाई दिने भुक्तानी सीधै बैंक खातामा जम्मा हुने गरी व्यवस्था मिलाउन भनेको छ।

सम्पत्ति शुद्धीकरण निवारण निर्देशन–२०८२ ले दाबी भुक्तानी बीमालेख वा कानुनअनुसार भुक्तानी पाउने व्यक्तिको बैंक खातामै पठाउनुपर्ने प्रावधान राखेको उल्लेख गर्दै प्राधिकरणले उक्त नीति कार्यान्वयनलाई कडाई गर्न लागेको जनाइएको छ।

नेपाल सरकारले सार्वजनिक निकायका सबै भुक्तानी डिजिटल माध्यमबाट अनिवार्य गर्ने व्यवस्था लागू गरिसकेका सन्दर्भमा बीमा क्षेत्रमा पनि पूर्ण रूपमा इलेक्ट्रोनिक भुक्तानी प्रणाली लागू गरिने बताइएको छ।

यसअघि पनि प्राधिकरणले बीमा कम्पनीका स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई पारिश्रमिक भुक्तानी बैंक खातामार्फत गर्ने व्यवस्था अनिवार्य गरिसकेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीका अनुसार नीतिगत कदमले बीमा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व तथा वित्तीय अनुशासन बढ्ने अपेक्षा गरिएको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...