CG Electronics
IME Life
Ncell NPL

रमाडा बाइ विन्धाम इटहरीले पायो नेपाल सरकारको प्रतिष्ठित “अति उत्तम खाद्य गुणस्तर प्रमाणपत्र

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

इटहरी, नेपाल – आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ।

हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग नेपालमा खाद्य तथा हस्पिटालिटी व्यवसायलाई दिइने सबैभन्दा उच्चकोटीको प्रमाणिकरण हो। यसले होटलले सरकारी खाद्य सुरक्षा मापदण्डहरूको कडाइका साथ पालना गर्दै उच्चस्तरीय भोजन तथा खाजाका परिकार प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्दछ।

विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा जारी गरिएको यो विशिष्ट प्रमाणपत्रले होटलको उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

हाले सञ्चालनमा आएको यस होटलका सञ्चालक श्री देशबन्धु बस्नेत र महाप्रबन्धक श्री अभिमन्यु कायस्थसहित समर्पित व्यवस्थापन टोलीको नेतृत्वमा रमाडा बाइ विन्धाम इटहरीले छोटो अवधिमै यस क्षेत्रको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सकारात्मक सुरुवात गरेको छ।

महाप्रबन्धक श्री अभिमन्यु कायस्थले भन्नुभयो, “खाद्य प्रविधि तथा गुण नियन्क्षण विभागबाट ‘अति उत्तम’ स्ट्यान्डर्डाइजेसन प्राप्त गर्नु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यस उपलब्धिले हाम्रो टोलीको निरन्तर मेहनत र पाहुनालाई उत्कृष्ट सुविधा मात्र होइन, सुरक्षित र उच्च गुणस्तरीय भोजन अनुभव प्रदान गर्ने हाम्रो मूल मन्त्रलाई प्रमाणित गरेको छ।”
रमाडा बाइ विन्धाम इटहरी हाम्रा अतिथिहरूलाई उत्कृष्ट आवासको सुविधा, आधुनिक पूर्वाधार तथा अब आधिकारिक रूपमा मान्यता प्राप्त उच्चस्तरीय भोजन सेवाको समेत अनुभव लिन हार्दिक आमन्त्रण गर्दछ।

रमाडा बाइ विन्धाम इटहरीको बारेमा
इटहरीको मुटुमा अवस्थित रमाडा बाइ विन्धाम इटहरी एक प्रमुख हस्पिटालिटी गन्तव्य हो। लक्जरी, उत्कृष्ट सेवा र समुदाय विकासप्रति प्रतिबद्ध यस होटलले व्यवसायिक तथा मनोरञ्जन दुवै प्रयोजनका यात्रुहरूका लागि उच्चस्तरीय आवास, भोजन तथा कार्यक्रम स्थलका सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

८१ वटा आकर्षक रूपमा सजिएका कोठा तथा सुइटहरू सहित, यस होटलले व्यवसायिक तथा अवकाश यात्रु दुवैको आवश्यकतालाई पूरा गर्दै, अन्तर्राष्ट्रिय आतिथ्य मापदण्ड र न्यानो नेपाली सेवाको सुन्दर समन्वय प्रस्तुत गर्दछ। होटलमा नुआ (NUA), सूत्र लाउन्ज (Sutra Lounge), आरिया (Aria) र सुक्र बार (Sukra Bar) गरी चारवटा फरक-फरक विशिष्ट रेस्टुरेन्ट छन्, जहाँ उत्कृष्ट स्वादको अनुभव लिन सकिन्छ।

 

साथै, भव्य ब्यान्क्वेट हलहरू, खुला हरियाली प्रांगण, स्विमिङ पुल, र आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम जीवनशैली सुविधाहरूले यहाँको बसाइलाई अझ स्मरणीय बनाउँछन्। आर्थिक र पर्यटन गतिविधिले भरिएको क्षेत्रमा रहेको रमाडा बाइ विन्धाम इटहरी, पूर्वी नेपालमा बसाइ, कार्यक्रम र विशेष अनुभवका लागि एक उत्कृष्ट गन्तव्य हो

 

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१५

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट बिक्री पार गर्दै सफल

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:५४

एलजी इलेक्ट्र्रोनिक्सले विश्वभर ३.२ मिलियनभन्दा बढी LG WashTower™ युनिट बिक्री...

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक घरको लागि शक्तिशाली माइडिया फ्यान सार्वजनिक

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४९

  काठमाडौँ । विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड Midea का उत्पादनहरू...

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:०८

काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक...