CG Electronics
IME Life
Ncell NPL

जेनजी आन्दोलनको मर्म सम्बोधन गर्न कांग्रेस रूपान्तरित भयो : विनोद चौधरी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

— आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नवलपरासी पश्चिम–१ का कांग्रेस उम्मेदवार विनोद चौधरी ले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न नेपाली कांग्रेस आफैं परिवर्तन भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उनले जेनजी आन्दोलन केवल नाराबाजी नभई देशमै रोजगारी सिर्जना गर्ने, नेपालमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र समग्र देश विकासका लागि भएको स्पष्ट पारे। “जेनजी आन्दोलन परिवर्तनका लागि थियो—देशमै गरिखाने वातावरणका लागि, नेपालमै राम्रो शिक्षा पाउने सुनिश्चितताका लागि, र समृद्ध राष्ट्र निर्माणका लागि,” उनले भने, “यही परिवर्तनको माग सम्बोधन गर्न कांग्रेसले पहिला आफूलाई परिवर्तन गर्यो, अब देश परिवर्तन गर्ने अठोटका साथ अघि बढेको छ।”

चौधरीले आफूलाई नवलपरासी कांग्रेसले दिएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै भने, “म प्रति देखाएको विश्वासप्रति म सधैं ऋणी रहनेछु। आफू बदलिएर नेपाली कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको छ।”

कार्यक्रममा प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले इतिहासका हरेक आन्दोलनको नेतृत्व र निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै जेनजी आन्दोलनको निकास पनि कांग्रेसबाटै सम्भव हुने दाबी गरे। “कांग्रेस जेनजीकै चाहनाअनुसार परिवर्तन भएको छ,” उनले भने, “हामी विनोद चौधरीका कार्यकर्ता हौं भन्न पाउँदा गर्व लाग्छ। आर्थिक विकास र समृद्धिको स्पष्ट खाका कोर्न सक्ने नेता नवलपरासीले पाएको छ।” उनले ३० महिनाको अवधिमा चौधरीले ३० वर्षमा हुन नसकेका काम गरेको दाबीसमेत गरे।

जिल्ला सचिव कुलदीप आचार्यले विगतमा आन्तरिक द्वन्द्वका कारण चौधरीको विज्ञता पूर्ण रूपमा उपयोग गर्न नसकिएको स्वीकार गर्दै आम जनतासँग क्षमायाचना गरे। उनले फागुन २१ को निर्वाचनलाई “देश जलाउने र देश जोगाउनेबीचको चुनाव”को संज्ञा दिँदै देश जोगाउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

कांग्रेसले जेनजी आन्दोलनको भावना आत्मसात गर्दै रूपान्तरणको एजेन्डासहित चुनावमा होमिएको सन्देश कोण सभामार्फत प्रवाह गरेको छ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...