CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६।४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं घरधुरी प्रभावित बनेका थिए।
भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै पीडितहरूले सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार अझै धेरै परिवार टिनको टहरामै कष्टकर जीवन बिताइरहेका छन्।
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारलाई दबाब सिर्जना गर्न आन्दोलन गरिएको प्रदर्शनमा सहभागीहरुले बताए। पीडितहरूले दैनिक कठिनाइ झेलिरहे पनि राज्यले पर्याप्त चासो नदिएको उनीहरुको गुनासो छ।
प्रदर्शनकारीहरूले पुनर्निर्माणलाई तीव्रता दिन ११ बुँदे मागसमेत सार्वजनिक गरेका छन्। उनीहरूले राहत तथा अनुदान वितरणमा भइरहेको ढिलाइ अन्त्य गर्न, क्षति विवरण पुनः मूल्याङ्कन गर्न, लाभग्राहीलाई शीघ्र अनुदान उपलब्ध गराउन, भूकम्प प्रतिरोधी घर निर्माणलाई सुनिश्चित गर्न तथा जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...