IME Life
NIMB

सूर्योदय वोमी लघुवित्तको १५औँ वार्षिकोत्सव सम्पन्न

NIMB
Himalayan Bank

 

ललितपुर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रम २०८२ फागुन २५ गते ललितपुरको महालक्ष्मी–४, बोचुहाइटस्थित संस्थाको कर्पोरेट कार्यालयमा आयोजना गरिएको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोलका प्रतिनिधिहरू, संस्थाका उच्च व्यवस्थापनका कर्मचारी, कर्पोरेट कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरू र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र संस्थाका गतिविधिबारे जानकारी गराएका थिए। प्रमुख कार्यकारी अधिकृत पंगेनीले संस्थाले अति विपन्न वर्गलाई वित्तीय सेवा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउँदै देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

सो अवसरमा संस्थामा लगातार १० वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गरी मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका कर्मचारी लक्ष्मी अर्यालले गरेकी थिइन्।

हाल संस्थाले देशका सातै प्रदेशका ५५ जिल्लामा रहेका १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...