IME Life
NIMB

सानिगाड हाइड्रो लिमिटेडद्वारा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन

NIMB
Himalayan Bank

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये हाल २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावितका लागि छुट्याइएको सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता अति प्रभावित क्षेत्र अन्तर्गत बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का बासिन्दाले आवेदन दिन सक्नेछन्। यस्तै, ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र अन्तर्गत वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीयका लागि छुट्याइएको छ।

यस आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित स्थानीयले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्।

आवेदन दिन चाहने आयोजना प्रभावित स्थानीयहरूले बुंगल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, साथै ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङस्थित शाखा कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।

उक्त आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...