महालक्ष्मी विकास बैंकद्वारा डिजिटल क्यालेन्डर २०८३ सार्वजनिक
Sunday Mar 29, 2026
वि.सं.२०८२ चैत १५ आइतवार २२:४६
काठमाडौं। महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण आज बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।
परम्परागत रूपमा प्रकाशन गरिँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्ने उद्देश्यले यसलाई डिजिटल स्वरूपमा ल्याइएको बैंकले जनाएको छ। उक्त डिजिटल क्यालेन्डरमा महत्वपूर्ण चाडपर्व, तिथि, विदा, शुभ साइतका साथै विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतका मितिहरू समावेश गरिएको छ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताका लागि अझ सहज र उपयोगी हुनुका साथै नेपाली संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
“महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३” क्यूआर कोड स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै विगत ३१ वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालयहरू रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू आबद्ध रहेका छन्।



























