CG Electronics
IME Life
Ncell NPL

बालेन्द्र शाह नेतृत्वको सरकारका निर्णयप्रति निजी क्षेत्र सकारात्मक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) ले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा सार्वजनिक गरिएको नीतिगत सुधार तथा पुराना ऐन खारेज गर्ने निर्णयलाई स्वागत गरेको छ।

परिसंघले जारी गरेको धारणा अनुसार नवगठित सरकारले उत्पादनमूलक तथा सेवामूलक उद्योगका सुझावहरूलाई प्राथमिकतामा राखेको देखिएको छ। साथै सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धताप्रति विश्वास व्यक्त गरिएको छ।

परिसंघले विगतदेखि उठाउँदै आएको विदेशमा लगानीसम्बन्धी प्रतिबन्ध, क्षतिपूर्ति ऐन, कालोबजार तथा सामाजिक अपराधसम्बन्धी केही ऐन र नेपाल एजेन्सी ऐन खारेज गर्ने सरकारी निर्णयलाई सकारात्मक कदमको रूपमा लिएको जनाएको छ। राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय पनि सराहनीय भएको उल्लेख गरिएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण डिजिटल, एकद्वार तथा अन्तरआवद्ध प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेको छ। यसका साथै पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने, सार्वजनिक सेवा प्रणालीलाई चुस्त बनाउने तथा ठूला राष्ट्रिय आयोजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ठूला परियोजनामा देखिने जग्गा प्राप्ति, मुआब्जा निर्धारण, रुख कटान तथा वातावरणीय मूल्याङ्कन स्वीकृति प्रक्रियालाई छिटो बनाउन फास्ट ट्रयाक प्रणाली लागू गर्ने सरकारको तयारी रहेको छ। सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउने लक्ष्य पनि अघि सारिएको छ।

त्यसैगरी उद्योग, व्यापारिक केन्द्र, बैंकिङ पूर्वाधार तथा आपूर्ति शृङ्खलाको सुरक्षामा विशेष ध्यान दिने, कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने र करदातालाई सहज सेवा उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

परिसंघले सबै राजनीतिक दललाई आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्दै आएको उल्लेख गर्दै सरकारद्वारा विभिन्न दलका घोषणापत्रका कार्यान्वयनयोग्य बुँदाहरू समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गर्ने कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

साथै, परिसंघले तथ्यमा आधारित नीतिगत सुझाव दिँदै आएको उल्लेख गर्दै वर्तमान सरकारले अर्थतन्त्र केन्द्रमा राखेर सुधारका कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरेको छ।

परिसंघले प्रधानमन्त्री बालेन्द्र शाह को सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मुलुकमा लगानी वृद्धि, रोजगारी सिर्जना र आर्थिक विकासले नयाँ गति लिने अपेक्षा गरेको छ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३२

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...