CG Electronics
IME Life
Ncell NPL

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त योजना अन्तर्गत विभिन्न सामानहरूको खरिदमा ८३ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिनेछ।

यो विशेष अफर २०८३ सालको वैशाख महिनाभर लागू हुने जनाइएको छ। नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्न ल्याइएको यस योजनाले ग्राहकहरूलाई सुपथ मूल्यमा आवश्यक सामग्री खरिद गर्ने अवसर दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

अफर अन्तर्गत ग्राहकहरूले घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा उल्लेखनीय छुट पाउनेछन्। नेपाली बजारमा ई–कमर्सको पहुँच विस्तार गर्दै गुणस्तरीय सामान सहज रूपमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

ग्राहकहरूले गुगल प्ले स्टोर तथा एप स्टोरबाट बिजबजारको मोबाइल एप डाउनलोड गरी सजिलै अनलाइन किनमेल गर्न सक्नेछन्। साथै, ल्यापटप वा डेस्कटपमार्फत पनि बिजबजारको वेबसाइट प्रयोग गरी सेवा लिन सकिने व्यवस्था रहेको छ।

नयाँ वर्षको विशेष अफर अन्तर्गतका सामानहरू अनलाइन अर्डर गर्न सकिनेछ, जसले ग्राहकहरूलाई घरमै बसेर सुरक्षित र सहज किनमेल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...