IME Life
NIMB

बैंकिङ छाता संगठनद्वारा सीईओ पाण्डे पक्राउप्रति आपत्ति, ‘पहिले सुन अनि थुन’ को माग

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउप्रति गम्भीर आपत्ति जनाएका छन् ।

चारवटै छाता संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था प्रचलित कानून र को निर्देशनअनुसार सञ्चालन हुने उल्लेख गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुलीका विषयमा बैंकलाई विशेष अधिकार दिएको जनाइएको छ । कर्जा असुली प्रक्रिया अघि बढाउनु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने संगठनहरूको भनाइ छ ।

‘सर्वसाधारणको निक्षेपबाट सञ्चालित बैंकजस्ता संस्थाका सीईओलाई कर्जा असुलीकै विषयमा पक्राउ गर्दा बैंकको साखमा नकारात्मक असर पर्नुका साथै समग्र वित्तीय स्थायित्वमै असर पर्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

संगठनहरूले अनुसन्धान प्रक्रियामा ‘पहिले सुन अनि थुन’ को सिद्धान्त अपनाउन आग्रह गर्दै पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राखेर अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज तथा जनरल अस्पतालमा उपचार शुल्कमा छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल...

वि.सं.२०८३ साउन २० बुधवार २३:०५

  काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...