IME Life
NIMB

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

NIMB
Himalayan Bank

 

काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड याङवाङअन्तर्गत नयाँ फ्ल्यागसिप विलासी एसयूभी यू८एल स्नोक्रेस्ट एडिसन सार्वजनिक गरेको छ। कम्पनीले चार सिट क्षमताको यस रेन्ज–एक्सटेन्डेड एसयूभीको मूल्य १८ लाख युआन (करिब २ लाख ६६ हजार अमेरिकी डलर) निर्धारण गरेको छ।

बीवाईडीले यू८एललाई हालसम्मकै सबैभन्दा विलासी मोडलका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यो मोडलले रोल्स–रोयस, बेन्टले र मर्सिडिज–म्याब्याक जस्ता लक्जरी ब्रान्डसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

५.४ मिटर लामो एसयूभीको बाहिरी डिजाइन सिल्भर र गोल्डेन रंगको संयोजनमा तयार गरिएको छ। अगाडिको लोगो सक्कली सुनबाट बनाइएको छ भने गाडीमा अत्याधुनिक लिडार सेन्सर जडान गरिएको छ।

इन्टेरियरमा दोस्रो पंक्तिका लागि दुईवटा स्वतन्त्र लक्जरी सिट उपलब्ध छन्। सिटहरूबीच टचस्क्रिन, फ्रिज र विशेष स्टोरेज कम्पार्टमेन्टसहितको सेन्टर कन्सोल राखिएको छ। पावर लेग रेस्ट, इन्टिग्रेटेड स्पिकर, फोल्डिङ टेबल र ठूलो प्यानोरमिक सनरुफले यात्रुलाई थप आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।

पावरट्रेनतर्फ यू८एलमा २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र ५६.५८ किलोवाट–आवर ब्लेड २.० ब्याट्री प्रयोग गरिएको छ। चारवटै पाङ्ग्राका लागि छुट्टाछुट्टै विद्युतीय मोटर जडान गरिएको यस गाडीको संयुक्त क्षमता ८८० किलोवाट (करिब १,१८० हर्सपावर) रहेको छ।

कम्पनीका अनुसार एसयूभीले ३.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको संयुक्त ड्राइभिङ रेन्ज १,००० किलोमिटर रहेको दाबी गरिएको छ। साथै, डिसस–पी हाइड्रोलिक सस्पेन्सन र कार्बन–सेरामिक ब्रेक जस्ता उच्चस्तरीय प्रविधि पनि यसमा समावेश गरिएको छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...