IME Life
NIMB

शैक्षिक परामर्श क्षेत्रमा भइरहेको कारबाहीप्रति ECAN को आपत्ति

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको छापा, धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले केही सीमित घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रवृत्ति अस्वीकार्य भएको जनाएको छ ।

संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी–अभिभावकमाथिको विश्वासघात कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ । यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि कानून बमोजिम निष्पक्ष र कडा कारबाही हुनुपर्नेमा ECAN सहमत रहेको उल्लेख गरिएको छ ।

तर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका निकायले अपनाएको अनुसन्धान तथा कारबाहीको शैलीप्रति संघले आपत्ति जनाएको छ । ECAN का अनुसार केही घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई शंकाको दृष्टिले हेर्दा वैधानिक संस्थाको प्रतिष्ठा, लगानी वातावरण तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छविमा नकारात्मक असर परेको छ ।

संघले अनुसन्धानलाई व्यक्तिगत जिम्मेवारीमा केन्द्रित गर्नुपर्ने भन्दै सम्पूर्ण उद्योगलाई सामूहिक रूपमा बदनाम गर्ने शैली रोक्न माग गरेको छ । साथै प्रशासनिक त्रुटि र आपराधिक ठगीबीच स्पष्ट कानूनी सीमारेखा छुट्याउनुपर्ने आवश्यकता औंल्याएको छ ।

ECAN ले तीन तहको वर्गीकरण प्रणाली लागू गर्न पनि सरकारसँग माग गरेको छ । जसअनुसार नियतपूर्वक ठगी, मानव तस्करी वा वित्तीय हिनामिनालाई ‘कालो सूची’मा राखेर कडा कारबाही गर्नुपर्ने, सामान्य प्रशासनिक कमजोरीमा सुधारको अवसर दिनुपर्ने तथा कानूनी अस्पष्टताबाट सिर्जित विवादलाई संवाद र प्रशिक्षणमार्फत समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।

संघले ‘मिडिया ट्रायल’ को प्रवृत्तिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । अभियोग प्रमाणित नहुँदै संस्थाको नाम सार्वजनिक गरी अपराधीकरण गर्नु संविधानले सुनिश्चित गरेको निर्दोषताको अनुमानको सिद्धान्तविपरीत भएको ECAN को भनाइ छ ।

प्रेस विज्ञप्तिमा शैक्षिक परामर्श क्षेत्र नेपालको सेवा निर्यात, मानव पूँजी विकास तथा विदेशी मुद्रा आर्जनसँग प्रत्यक्ष जोडिएको उल्लेख गरिएको छ । संघका अनुसार यस क्षेत्रले करिब १ लाख ५० हजार मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ भने आर्थिक वर्ष २०२४/२५ मा १३८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा व्यवस्थापनमा योगदान गरेको छ ।

ECAN ले विदेशी डिजिटल प्लेटफर्म तथा अनलाइन एडमिसन नेटवर्कहरू नियमनबाहिर रहेको विषयलाई पनि उठाएको छ । भौतिक रूपमा सञ्चालनमा रहेका नेपाली संस्थामाथि मात्रै निगरानी र कारबाही हुँदा प्रतिस्पर्धा, कर प्रणाली र नियमनमा असन्तुलन सिर्जना भएको संघको दाबी छ ।

संघले कानून उल्लंघन गर्ने जोसुकैमाथि कारबाही हुनुपर्ने दोहोर्‍याउँदै वैधानिक संस्थालाई अपराधीकरण गर्ने प्रवृत्ति भने स्वीकार्य नहुने स्पष्ट पारेको छ । साथै सरकार र सरोकारवालासँग सहकार्य गर्दै शिक्षा परामर्श क्षेत्रलाई पारदर्शी, मर्यादित र राष्ट्रिय हितअनुकूल बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...