NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी समाधान अर्थात् ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक गरेका छन्। यस नयाँ प्रणालीको सुरुआतसँगै व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाटै सिधै विक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राही वा लाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुने भएको छ।

यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र इसेवाको डिजिटल भुक्तानी पूर्वाधारलाई एकीकृत गर्दै व्यवसायीहरूलाई अझ छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ। यसले मुख्य गरी चेकमा आधारित कारोबारमाथिको निर्भरतालाई कम गर्नेछ भने म्यानुअल भुक्तानी प्रक्रियामा लाग्ने समयलाई बचाएर समग्र भुक्तानी प्रणालीलाई अझ सरल बनाउन मद्दत पुर्‍याउनेछ।

यस ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ मार्फत व्यवसायीहरूले आफ्नो वित्तीय कार्यप्रवाहमा पारदर्शिता र पूर्ण नियन्त्रण कायम राख्दै रकम भुक्तानीलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्नेछन्। हाल बजारमा चलिरहेकै प्रणालीहरूबाट सिधै भुक्तानी गर्न सम्भव हुने भएकाले उद्यमी, व्यवसायी तथा संस्थाहरूले उल्लेखनीय समय बचत गर्न सक्ने दाबी गरिएको छ। यसले सञ्चालन जटिलताहरू कम गर्दै उनीहरूलाई आफ्नो मुख्य व्यावसायिक गतिविधिहरूमा ध्यान केन्द्रित गर्न सघाउनेछ।

व्यावसायिक भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने र संस्थाहरूलाई डिजिटल रूपान्तरण अपनाउन सहयोग गर्ने उद्देश्यका साथ यी दुई संस्थाहरूले यो साझा प्रतिबद्धता जनाएका हुन्। इसेवा र आइएमएसले प्रविधिसँगै विभिन्न भुक्तानी क्षमतालाई एउटै कार्यप्रवाहमा समेट्दै व्यवसायीहरूलाई अझ बढी सहजता, प्रभावकारिता र आत्मविश्वासका साथ भुक्तानी व्यवस्थापन गर्न मार्गप्रशस्त गरेका छन्। उद्यमीहरूका लागि व्यावसायिक प्रक्रिया सहज बनाउने तथा सरल भुक्तानी अनुभव सिर्जना गर्ने इनोभेटिभ र भरपर्दो सोलुसन्स उपलब्ध गराउने लक्ष्यमा यी दुवै कम्पनीहरू सक्रिय रहिआएका छन्।

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल पुनःप्रयोग गर्दै नयाँ बिक्री बढाउने रणनीति

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२१

    काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:१७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...