NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा नयाँ अत्याधुनिक (स्टेट अफ द आर्ट) एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ।

कम्पनीका अनुसार आधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले एमजी ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको (आफ्टर सेल्स) सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २०२६ जुलाई २२ देखि २९ (२०८३ साउन ६ देखि १३ गते) सम्म सात दिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। यस अभियानमार्फत नयाँ तथा विद्यमान एमजी ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै आधुनिक सेवा सुविधाबारे जानकारी गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकको स्वामित्व अनुभव अझ सुदृढ बनाउने तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो।

सर्भिस क्याम्पका मुख्य आकर्षणमा कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा, जेन्युइन एमजी स्पेयर पार्ट्सको उपलब्धता, पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क र ‘रिभ्यु एन्ड विन’ अभियान रहेका छन्। यस अभियानअन्तर्गत ग्राहकले आफ्नो सेवा अनुभव गुगल रिभ्यु, सामाजिक सञ्जालमा भिडियो (रिल्स) वा लिखित प्रतिक्रियामार्फत साझा गरेमा आकर्षक एमजी गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्नेछन्।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले समर्पित एमजी सर्भिस सेन्टरको स्थापना ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार उत्कृष्ट आफ्टर सेल्स सेवा नै सफल स्वामित्व अनुभवको आधार भएकाले यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा उपलब्ध गराइनेछ।

कम्पनीले सम्पूर्ण एमजी ग्राहकलाई जुलाई २२ देखि २९ सम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भई नयाँ सेवा सुविधाको अनुभव लिन आग्रह गरेको छ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...