IME Life
NIMB

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

NIMB
Himalayan Bank

 

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘हरित लक्ष्य’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।

यस अभियान अन्तर्गत सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताका सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रुख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।

‘हरित लक्ष्य’ अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने लक्ष्मी सनराइज बैंकको सोचलाई प्रतिबिम्बित गर्छ। आकारका हिसाबले यो अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई लिइएको छ।

यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा डब्लुडब्लुएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सामुदायिक वन समन्वय समितिसँग जोडेको हो।

काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय अनुकूल पुनःस्थापना सम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ, जसले अभियानको दीर्घकालीन वातावरणीय प्रभाव सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।

लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता, डब्लुडब्लुएफ नेपालको प्राविधिक दक्षता तथा काम्दी सामुदायिक वन समन्वय समितिको समुदायमा आधारित संरक्षण अनुभवलाई एकीकृत गर्दै ‘हरित लक्ष्य’ अभियानले विद्यमान संरक्षण प्रयासहरूलाई थप सशक्त बनाउने, जैविक विविधताको संरक्षणमा योगदान पुर्‍याउने तथा वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

यस साझेदारीबारे लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भन्नुभयो :

  • “लक्ष्मी सनराइज बैंकमा दिगोपन केवल हाम्रो रणनीतिक प्राथमिकता मात्र होइन, दीर्घकालीन मूल्य सिर्जनाको आधार पनि हो। ‘हरित लक्ष्य’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वासलाई उजागर गर्छ। सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगितामा हुने प्रत्येक गोल बराबर एक रुख रोप्ने हाम्रो प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरेका छौँ।
  • डब्लुडब्लुएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले यस अभियानलाई प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”

पारिस्थितिकीय पुनःस्थापनामा वैज्ञानिक दृष्टिकोणको महत्त्वबारे प्रकाश पार्दै डब्लुडब्लुएफ नेपालका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले भन्नुभयोः

  • “वन पुनःस्थापना भनेको केवल रुख रोप्नु मात्र होइन। उपयुक्त स्थानमा उपयुक्त रैथाने प्रजातिका बिरुवा रोप्नु र तिनको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्नु पनि त्यत्तिकै आवश्यक छ। यस्ता साझेदारीहरूले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने सम्भावना देखाउँछन्।”

यस सहकार्यप्रति आभार व्यक्त गर्दै काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले भन्नुभयो :

  •    “लक्ष्मी सनराइज बैंक र डब्लुडब्लुएफ नेपालसँगको यो सहकार्यले जैविक मार्ग (कोरिडोर) पुनःस्थापना सम्बन्धी हाम्रो प्रयासलाई थप बल पुर्‍याउनेछ र स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास लिएका छौँ। यसका लागि हामी दुवै संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”

‘हरित लक्ष्य’ अभियानमार्फत लक्ष्मी सनराइज बैंकले दिगोपन केवल आफ्ना वित्तीय सेवा वा उत्पादनमा सीमित नरही सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिन खोजेको छ। विश्वकै प्रतिष्ठित खेल प्रतियोगितालाई समुदायमा आधारित वातावरणीय पुनःस्थापनासँग जोड्दै बैंकले ग्राहक, व्यवसाय र समुदायलाई सामूहिक जलवायु अभियानमा सहभागी हुन प्रेरित गर्नुका साथै नेपालको दीर्घकालीन वातावरणीय सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ।

सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता लक्ष्मी सनराइज बैंकले पूरा गर्दै प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने काम गरेको छ।

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...