NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनाका लागि जारी गरिएको मासिक व्यवसायिक योजना अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, व्यवसाय प्रबन्धक तथा देशभरका उत्कृष्ट अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकाङ्कमा उत्कृष्ट उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले उक्त सफलतामा योगदान पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न सबै कर्मचारी र अभिकर्ताले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउँदै कम्पनीको व्यवसाय विस्तारलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिष्ठित उपाधि एमडीआरटी (MDRT) हासिल गर्न आवश्यक रणनीति, कार्यशैली तथा व्यावसायिक सीपबारे विभिन्न उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणसँगै आयोजित सांस्कृतिक कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्ट तथा चर्चित डीजे अमुको प्रस्तुति रहेको थियो, जहाँ सहभागी अभिकर्ताहरूले मनोरञ्जन लिएका थिए।

कम्पनीले यस्ता प्रशिक्षण तथा उत्प्रेरणामूलक कार्यक्रमले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, व्यवसायिक दक्षता विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...