NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई सम्मान गरिएको छ । सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी चलाउने पेसामा अघि बढ्न आवश्यक सीप, आत्मविश्वास र स्रोतसाधन प्रदान गर्ने उद्देश्यले सहभागीहरूलाई विभिन्न चरणमा प्रशिक्षण दिइएको थियो ।

अप्रिल २०२६ मा सुरु भएको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरमा पहुँच दिलाउने उद्देश्यले सञ्चालन गरिएको हो । महिलालाई परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको पेसामा प्रवेश गर्न बाधा पु¥याउने सामाजिक तथा व्यावहारिक अवरोधलाई कम गर्न पनि कार्यक्रमले जोड दिएको छ ।

प्रशिक्षण अवधिभर सडक सुरक्षालाई व्यावसायिक दक्षताको महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । सहभागीहरूलाई व्यावहारिक राइडिङ प्रशिक्षणसँगै सडक सुरक्षासम्बन्धी मार्गदर्शन प्रदान गर्नुका साथै औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा समेत सहयोग गरिएको थियो ।

प्रत्येक सहभागीलाई सुरक्षात्मक हेल्मेट तथा प्राथमिक उपचार र स्वास्थ्यसम्बन्धी सामग्रीसहितको सुरक्षा किट प्रदान गरिएको थियो ।

व्यक्तिगत सुरक्षालाई पनि प्रशिक्षणको छुट्टै महत्वपूर्ण पक्षका रूपमा समेटिएको थियो । फाइटब्याक नेपाल सँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई सम्भावित सुरक्षा चुनौती पहिचान गर्न, आत्मविश्वास बढाउन र आवश्यक अवस्थामा व्यवहारिक रूपमा सामना गर्न सक्ने सीप विकास गर्न सहयोग गरेको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहले भने, “सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो र यसमा प्रत्येक चालकको महत्वपूर्ण भूमिका हुन्छ । हामी सहभागीहरूलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सधैं सचेत रहन र अनुभव बढाउँदै निरन्तर सिकिरहन आग्रह गर्छौं । सबै सहभागीलाई बधाई दिँदै व्यावसायिक चालकका रूपमा उनीहरूको सुरक्षित र सफल यात्राका लागि शुभकामना व्यक्त गर्दछौं ।”

मोबिलिटीमा महिलाको पहुँच विस्तार

यस समूहका महिलाका लागि सवारी चालक अनुमतिपत्र केवल आम्दानीको माध्यम मात्र नभई आफ्नो काम, शिक्षा, स्वास्थ्य सेवा तथा बजारसम्म आफ्नै समयअनुसार स्वतन्त्र रूपमा पुग्ने अवसर पनि हो । यसले सार्वजनिक यातायातको समयतालिका वा परिवारका अन्य सदस्यमा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सहयोग पु¥याउँछ ।

दुईपाङ्ग्रे सवारीमा आधारित राइड–हेलिङ सेवाले चारपाङ्ग्रे सवारी पुग्न कठिन हुने साँघुरा गल्ली तथा अन्तिम गन्तव्यसम्म पनि सेवा पु¥याउन सक्छ । सामान्यतया यसको भाडा पनि चारपाङ्ग्रे सवारीको तुलनामा कम हुने गर्दछ । राइड–हेलिङ सेवामा महिलाको सहभागिता बढ्दा यात्रुहरूले आफूलाई उपयुक्त चालक छनोट गर्ने थप अवसरसमेत पाउनेछन् ।

प्रमाणपत्र वितरण समारोह

प्रमाणपत्र वितरण समारोहमा साझेदार संस्थाका प्रतिनिधि, सरकारी निकायका सरोकारवाला, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।

समारोहमा इनड्राइभका प्रतिनिधि तथा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका १० जना सहभागीलाई प्रमाणपत्र, सुरक्षा किट तथा मायाको चिनो प्रदान गरे । कार्यक्रममा सहभागी १० जना महिलाको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ यात्रालाई समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

समारोहका क्रममा सहभागीमध्ये एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच प्रदान गरिएको थियो । यी सामग्रीले उनीहरूलाई व्यावसायिक ड्राइभिङ यात्राको सुरुवातमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभ साउथ एसियाकि कम्युनिकेसन म्यनाजर शेरिन एर्विना कौरले भनिन्, “हामीले विभिन्न बजारमा एउटै अवस्था देखिरहेका छौं, राइड माग्ने यात्रुमध्ये धेरै महिला छन्, तर उनीहरूलाई राइड दिने चालकमा महिलाको संख्या निकै कम छ । यो महिलाले यस्तो काम गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने विषय थिएन। मुख्य प्रश्न उनीहरूका लागि यो पेसामा प्रवेश गर्ने बाटो उपलब्ध थियो कि थिएन भन्ने थियो । नेपालमा सञ्चालन गरिएको पहिलो समूहले तालिम, लाइसेन्स र प्लेटफर्ममा पहुँचलाई एउटै यात्राका रूपमा जोड्दा कस्तो परिवर्तन सम्भव हुन्छ भन्ने देखाएको छ। हामी अन्य बजारमा पनि यसबाट सिक्दै कार्यक्रमलाई अघि बढाउनेछौं ।”

इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले भनिन्, “सीप विकास तालिम यस यात्राको एउटा हिस्सा मात्र हो । सामाजिक सोच र धारणाले पनि उत्तिकै महत्व राख्छ, र महिलाले ड्राइभिङ सुरु गरेपछि उनी प्रवेश गर्ने वातावरण पनि महत्वपूर्ण हुन्छ । ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलालाई लाइसेन्स प्राप्त गर्नेदेखि आत्मविश्वास विकास गर्ने, परिवारमा यसबारे संवाद गर्ने र आम्दानीको अवसर सिर्जना गर्नेसम्म हरेक पक्षमा सहयोग गर्ने गरी तयार गरिएको हो । जब धेरै महिलाहरू यो पेसामा आउँछन्, यात्रुहरूले पनि लाभ पाउँछन्, उनीहरूसँग आफूलाई राइड गराउने चालक छनोट गर्ने थप विकल्प हुन्छ ।”

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले भनिन्, “इनड्राइभ ड्राइभिङ नारी नेपाल’ महिलाका लागि थप सहयोगी वातावरण निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो । जब धेरै महिलाहरूले सवारीको स्टेयरिङ समाउँछन्, उनीहरूले नेपाललाई थप समावेशी भविष्यतर्फ अघि बढाउन पनि भूमिका खेलिरहेका हुन्छन् ।”

इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले भनिन्, “‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ ले अन्यायलाई चुनौती दिँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने इनड्राइभको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । मानिस र समानतालाई केन्द्रमा राखेर अघि बढाइएको यस पहलको हिस्सा बन्न पाउँदा म गर्व गर्छु ।”

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल,...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:१५

  काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...