IME Life
NIMB

पाकिस्तानको १४ औं राष्ट्रिपतिमा जरदारी

NIMB
Himalayan Bank

काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । जरदारीले ४११ मत पाए भने अचकजाईले ११८ मत मात्रै पाए ।

नवाजको पार्टी पीएमएल–एन र बिलावलको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएको थियो । जरदारी सन् २००८ मा पनि राष्ट्रपति पनि बनेका थिए । इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

राष्ट्रपति निर्वाचनमा मतदानका क्रममा पाकिस्तानको राष्ट्रिय सभाका केही सदस्यले इमरान खान जिन्दाबादको नारा लगाएका थिए । जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए ।

मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन ।

पाकिस्तानी मिडिया द डनका अनुसार नयाँ राष्ट्रपतिले आइतबार सपथ लिनेछन् । यसअघि शुक्रबार राष्ट्रपति आरिफ अल्वीलाई गार्ड अफ अनरसहित पदबाट बिदाइ गरिएको थियो ।

जरदारी को हुन् ?

आसिफ अली जरदारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपी अध्यक्ष बिलावल भुट्टोका पिता हुन् । जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए ।

 

बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीका नेताको रूपमा आफ्नो उत्तराधिकारीको रूपमा नाम दिएकी थिइन् । २००७ मा भुट्टोको हत्या पछि, नवाजको पार्टीले पीएमएल–एनसँग गठबन्धनमा चुनाव लडे र जनरल परवेज मुशर्रफलाई सत्ताबाट हटायो । यसपछि जरदारी ६ सेप्टेम्बर २००८ मा पाकिस्तानको राष्ट्रपति बनेका थिए ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...