CG Electronics
IME Life
NIMB

नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई एएमएल÷सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ ।
उक्त कार्यक्रम चैत ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सञ्चालन गरिएको हो । कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियाे।

उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंनप्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषयहरु र अवलम्बन गर्नुपर्ने रणनितिको बारेमा प्रकाश पारिएको थियो । सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारकोे बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको कम्पनीस्ले जनाएको छ ।

कम्पनीले एएमएल/सीएफटी सम्बन्धी संस्थामा चाल्नुपर्ने कदमहरु तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसकोअक्षरस पालना गर्नका निम्ति र मुलुकलाई आपराधिक र आतंकवादी गतिविधिहरूबाट जोगाई एक समृद्ध समुन्नत राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारी बोध गर्दै अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको कुरा यस कम्पनीका सञ्चालक समितिका अध्यक्षगोबिन्द लाल संघईले प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानहरूको बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको व्यहोरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

 

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...