CG Electronics
IME Life
NIMB

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लि. ले विश्व वातावरण दिवसका अवसरमा आज “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न गरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा बैंकले साइकल र्‍याली सम्पन्न गरेको हो ।

बैंकका संचालक लिसा शेरचनबाट साइकल ¥यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल ¥यालीको शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

साइकल र्‍यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक
महानुभावहरु बाक्लो उपस्थिती रहेको थियो ।

वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल ¥याली यस तेस्रो संस्करण साइकल र्‍यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लिले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने बैकले बताएको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel, Save Environment ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदैँ जनाएको छ ।

साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल र्‍यालीमा सहभागी हुनुभएका एक जना भाग्यसाली सहभागी भक्तपुर निवासी श्री रविन रचालिका लाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक र्‍यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्धि प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको बैंकले जनाएको छ ।

साइकल र्‍यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल ¥यालीमा भएको सहभागीहरुको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दैै साइकल र्‍यालीञ समापन गरिएको थियो ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...