CG Electronics
IME Life
Ncell NPL

पर्यटनका लागि वायुसेवा : आरोह अवरोह

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  विज्ञानको विकासले क्रमश : ड्को मार्दै जा“दा विकासको अग्रगति स“गस“गै विश्वले नया“–नया“ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो । वायुयानको प्रारम्भ भएपछि नै विश्वमा हवाई यातायातको विकास हुन थालेको हो । वायुयानले गर्ने उडानसेवालाई वायुसेवा भनियो ।

विकासका क्रममा वायुसेवाले आङ्खनो महŒवपूर्ण यान्त्रिक क्षमतालाई बढाउ“दै लगेको छ र परिष्कृत एवं परिमार्जित गराउ“दै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ ।

अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा अझै भित्रिइरहेका छन् । पर्यटनव्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको वायुसेवाले विश्वलाई नै एउटा सानो गाउ“मा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाईयात्रुहरूको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दशौं लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाईयात्रा गरिरहेका छन् ।

 

वायुसेवाले विश्वलाई सा“गुरो पार्दै लगेको छ । वायुसेवाकै कारणले पर्यटन लगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । वायुसेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आङ्खना उत्पादनहरू दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व–पर्यटनबजारको आम्दानीमा वृद्धि भई १०० अरब डलरको हाराहारीमा पुगिसकेको छ ।

दक्षिण एशियाले कूल आम्दानीको १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि वायुसेवाबाट आय–आर्जन गर्ने त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन ।

विदेशी पर्यटकहरूको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम विदेशी मुद्रा मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाई यात्रुहरूको सङ्ख्या विश्वमा नै बढिरहेको छ ।

हवाई यात्रुहरूको सङ्ख्या बढेपछि सडक यात्रुहरूको सङ्ख्या चाहि“ घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाईयात्राको प्रतिशत लगातार बढिरहेझै“ सडकयात्राको प्रतिशतचाहि“ लगातार घटिरहेछ । हवाई यातायाताका क्षेत्रमा यो शुभसङ्केत हो ।

युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कूल १.७ अरब पर्यटकहरूले हवाई यातायात मार्˚त आङ्खनो यात्रा तय गर्ने गरेका छन् । उता एशिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आङ्खनो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।

 

विश्वको हवाई यातायातको विकासको क्रमस“गस“गै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा वायुसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पद्र्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्˚ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।

यस क्षेत्रमा ठूला–ठूला एयरक्राङ्खटजस्ता सुपर जम्बो र एयरबसहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आङ्खनो धारक क्षमतालाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ ।

इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु पनि जरुरी छ । औजार–व्यवस्थापन त्यसै अनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो ।

 

वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि सा“च्चै महŒवपूर्ण हुने कुरा स्पष्टै छ ।

परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पद्र्धाले गर्दा वायुसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले एकाकार र गठबन्धतनर्˚ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् ।

युक्तिस¨त र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ ।

नेपालको परिप्रेक्ष्यमा राष्ट्रको एक मात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम) ले धेरै उतारचढावहरू बेहोरिसकेको छ, तैपनि यसले अहिलेसम्म आङ्खनो अस्तित्वलाई कायम राख्न स˚ल रहेको छ । निगमको हाल अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत रहेको भए तापनि यो दिनदिनै घट्तै जाने क्रममा रहेको छ ।

आन्तरिक सेवातर्˚ भने यसको बजार शेयर घट्तै जानुमा नेपालमा अन्तर्राष्ट्रिय हवाईकम्पनीहरूको बढ्दो आगमन नै हो । तुलनात्मक रूपले पर्यटकहरूको आगमन पनि खासै बढ्न सकेको छैन ।

सरकारले ४२ वटा मुलुकहरूस“ग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब १० लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपाल सरकारले टिकटमा लगाएको भ्याटले गर्दा मह“गो गन्तव्य हुन पुगेकोमा नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त मह“गो हुन पुगेको छ ।

निजी हवाई–कम्पनीहरूस“ग नेपाल वायुसेवा निगमको समन्वय, सरकारी स्वामित्वका संस्थानहरूको निजीकरण र विदेशी कम्पनीहरूस“ग निगमको सम्बन्ध आदिका विषयमा उड्डयनसम्बन्धी सरकारी नीतिको अस्पष्टता र नीतिगत असन्तुलनले गर्दा पनि निगमको प्रगति हुन नसकेको भनाइ पनि सुनि“दैछ ।

वायुसेवामा एकाधिकारको जमाना हराउ“दै गएको र साझेदार वायुसेवातर्˚ ध्यान जान थालेको परिप्रेक्ष्यमा यी कुरालाई समायोजन गराउ“दै ठूला परिवहनहरूस“गको गठबन्धनमा निगमले विशेष विचार पु¥याउनु वाञ्छनीय देखिन थालेको छ ।

निगमको पुनःसंरचना गरी नागरिक उड्डयननीतिलाई परिमार्जन समेत गरेर त्यसै अनुरूप निगमको सञ्चालन हुने हो भने प्रतिस्पद्र्धात्मक विश्वबजारमा निगम पनि अरूभन्दा कम हु“दैन र नेपालको पर्यटन–प्रवद्र्धनमा यसले अझ महŒवपूर्ण भूमिका पूरा गर्न सक्छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...