CG Electronics
IME Life
Ncell NPL

नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्न चीन तयार छ : राजदूत सोङ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार रहेको प्रतिवद्धता जनाएका छन् ।
मंगलबार चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेको बताए ।
उनले भने, ‘यी सुधारका उपायले चीन र नेपाललाई हिमाल पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ ।’
उनले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको पनि बताए ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताए ।
उनले भने, ‘दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ ।  नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ ।
बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’
कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०२

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट...

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९

  काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ?...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३४

  काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास...