CG Electronics
IME Life
Ncell NPL

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् ।

उनले भने,‘दुग्ध किसानले पाउनुपर्ने वक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तिमा भदौ महिनाभित्र नत्र दशैं अगाडिसम्म सबै किसानहरुले विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी गरिसक्ने विश्वास दिलाउन चाहन्छु ।’

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री अधिकारीले उखु किसानहरुको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैं अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ ।

उनले भने,‘उखु किसानहरुको बारेमा पनि मन्त्रालय जानकार छ । दशै अगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालिसकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौं ।’

उनले सँधै उधारो दुध किसानबाट लिने ,नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दिर्घकालिन रुपमा समाधनका लागि पहल गरिरहेको उनल ेजानकारी दिए ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...