CG Electronics
IME Life
NIMB

आइएमई पेले गर्‍यो सामसुङको सम्पूर्ण मोबाईलहरुमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत् सामसुङका सबै प्रकारका मोबाईल फोन अव ‘बाइ नाउ पे लेटर’ फिचर मार्फत ० प्रतिशत इन्ट्रेस्ट इएमआईमा खरिद गर्न सकिने सुविधा सार्बजनिक गरिएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका मोबाईल फोन ० प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् ।

हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै लागू गरिएको यो सुविधाको फाईदा उठाउन सेवाग्राहीहरुले आइएमई पे एपमा रहेको ‘बाइ नाउ पे लेटर’ अप्सनमा गइ सोधिएको विवरण भरेर आफूले चाहेको मोबाईल फोन छनौट गरि ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् ।

परम्परागत वित्तीय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुबिधा प्रदान गर्दै आएको छ । आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड, आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न अग्रगामी रहेको छ । ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुविधाहरू सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो उदेश्य रहेको बताएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...