CG Electronics
IME Life
Ncell NPL

ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम)को ट्यांक ५०० नेपाली बजारमा आउँदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाली बजारमा ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) को बिग साइज एसयूभी ट्यांक ५०० आउने भएको छ । नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले उक्त एसयूभी ल्याउने भएको हो ।

नेपाल आउन लागेका ट्यांक ५०० एक थ्रीरो एसयूभी हो । यसमा ६ वा ७ सिटको अप्सन रहनेछ । जीडब्ल्यूएमले ट्यांक ५०० सन् २०२१ को अगष्टमा चेन्दु अटोशोमा सार्वजनिक गरेको थियो ।

बडी अन फ्रेम च्यासिसमा बनेकाे ट्यांक एक फोरह्वील ड्राइभ एसयूभी हो । यो एसयूभीमा उत्कृष्ट अफरोड क्षमता हुनुको साथै २२३.५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर रहेको छ ।

 

जीडब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्यूटन मिटरको टर्क रहेको छ ।

यो एसयूभीको लम्बाइ ४९२८ एमएम, चौडाइ १९२४ एमएम, उचाइ १९०५ एमएमको रहेको छ । यो एसयूभी २८५० एमएमको ह्वीलबेसमा बनेको हो ।

 

भीजी इम्पेक्सले ट्यांक ५०० एसयूभीको १ करोड ९१ लाख रुपैयाँ राखेर मूल्यसूची प्रकाशित गरेको छ । भीजीले हाल जीडब्ल्यूएमकाे हाभल ब्राण्डमा मिडसाइजको एसयूभीहरू एच ६ र जोलाइन पेट्रोल तथा ओरा ०३ ईभी बिक्री गरिरहेको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...