CG Electronics
IME Life
Ncell NPL

स्टक ब्रोकर र धितोपत्र ब्रोकर एसोसिएसन मर्ज

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा गएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन हो, जबकि धितोपत्र ब्रोकर एसोसिएसन नेपाल नयाँ ब्रोकरहरूको छुट्टै संगठनको रूपमा स्थापना भएको थियो । नेपाल धितोपत्र बोर्डमा रमेश हमालको अध्यक्षतामा नयाँ ब्रोकरहरुलाई लाईसेन्स दिने निर्णयपछि दुई समूहको बीचमा मर्जर सहमति भएको हो ।

मर्जरपछि नयाँ एसोसिएसनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने सहमति भएको छ । यस मर्जरको उद्देश्य धितोपत्र बजारको प्रगति र ब्रोकरहरूको बीचमा सहकार्यलाई थप मजबुत बनाउनु हो। यससँगै, बजारमा भएका विभिन्न चुनौती र अवसरहरूलाई साझा गरेर नयाँ कदम चाल्ने तयारी गरिएको छ।

मर्जर कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यो कदम पुँजीबजारले नयाँ कोशेढुंगा पाएको बताएका छन् । उनले भने, ‘आजको मर्जरले बजारमा नयाँ कोशेढुंगा पाएका छौ । दुइ धुर्बिकरण हटेको छ । शेयर बजारलाई चलायमान बनाउनु अहिलेको आवश्यकता हो । बजारलाई थप ब्यवस्थित र विकसित बनाउन तिर लाग्नु पर्दछ।’

शेयर बजारप्रति नियामक पनि सकारात्मक नभएको बेला यो मर्जरले ठुलो भुमिका खेल्ने बताए ।

 

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...