CG Electronics
IME Life
NIMB

स्वदेशमा पर्याप्त उत्पादन नहुँदा करिब ४२ करोड रुपैयाँको कफी आयात

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०।८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१।७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ।

नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितले नभ्याएपछि विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ।

नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन। नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिकालगायत बजारमा बिक्री हुन्छ ।

आर्थिक वर्ष २०८०।८१ मा ४१ करोड ९८ लाख रूपैयाँबराबरको चार सय ४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ।
नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ। कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ ।

स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।

बोर्डका अनुसार आव २०७८।७९ मा नेपालमा ३ हजार ३४६ हेक्टर जमीनमा कफीखेती भएकोमा आव २०८०।८१ मा यसको क्षेत्रफल बढेर ४ हजार ३०९ हेक्टर पुगेको छ ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...