CG Electronics
IME Life
Ncell NPL

टिभिएसकाे ‘आईक्युब २.२ किलोवाट-आवर’ भेरिएन्ट नेपालमा सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ।

बिहीबार कम्पनीले पत्रकार सम्मेलन गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो। यस नयाँ भेरिएन्टसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ रङहरुमा उपलब्ध हुनेछन्।

२.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २ लाख ९९ हजार ९०० रहेको छ।

उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ।’

उक्त स्कुटरको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौँ उपत्यकाका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।

कम्पनीका अनुसार यसको ब्याट्री क्षमता ९५० वाटको रहेको छ भने फास्ट चार्जिङबाट २ घण्टामा चार्ज हुनेछ। यसमा ५ इन्चको रंगीन टिएफटी स्क्रीन रहेको छ। यसको प्रतिघण्टाको टप स्पीड ७५ कि.मी रहेको छ।

यसका अन्य विशेषताहरुमा सवारी दुर्घटना तथा टो अलर्ट, टर्न–बाइ–टर्न नेभिगेशन, डिस्ट्यान्स टु एम्प्टी र ३० लिटरको अन्डर सीट स्टोरेज पनि रहेका छन्।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...