CG Electronics
IME Life
Ncell NPL

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका छौं, उनले भने, अब हरेक तहमा स्वास्थ्य बीमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिनेछ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको बताए । स्वास्थ्य बीमा तीनवटै सरकारको हो, उनले भने, नागरिकको स्वास्थ्य उपचारका लागि तीनवटै सरकारले खर्च गर्ने रकम बीमा कोष बलियो बनाउन उपयोग गर्न आवश्यक छ । तीनवटै सरकार मिल्ने हो भने यो सम्भव छ ।

मन्त्री पौडेलले हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गरे ।

हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले यस वर्ष हामीले पटक पटक यसमा थप गरिसक्यौं, उनले भने, आगामी बजेटमा यसलाई १० अर्ब पुर्याइनेछ । मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने प्रदुषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिएमा अहिलेको स्वास्थ्य बीमा कोष बलियो बन्ने बताए ।

नागरिकलाई थप भार नपर्ने गरी कर रकम सिधै कोषमा लैजाने व्यवस्थाका लागि हामीले पहल थालेका छौं, उनले भने, यसलाई स्वास्थ्य मन्त्रालय मात्र नभै राज्यको कार्यक्रम ठानेर सुधार ल्याइने हो भने कोष बलियो बन्न सक्छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सक्छ ।

यस्ता धेरै श्रोतहरु बीमा कोषमा ल्याउन सकिने चर्चा गर्दै मन्त्री पौडेलले राज्यको वेतन खाने कर्मचारीहरुका स्वास्थ्य बीमा कार्यक्रम स्वास्य बीमा कोषबाटै हुने व्यवस्था गरेर तलबको एक प्रतिशत नागरिक र बाँकी एक प्रतिशत राज्यले दिने व्यवस्था गर्ने योजना सार्वजनिक गरे ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कोष अहिलेभन्दा बलियो बनाउन सकिने भन्दै स्वास्थ्यको समाजवाद यसबाट लागु गर्न सकिने विश्वास व्यक्त गरे ।

डा. सम्भु आचार्य नेतृत्वको कार्यदलले गत पुष १६ गते प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तर(ा गरेको थियो । समितिमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला, विकास अर्थशास्त्री तथा हालका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेसँगै स्वास्थ्य तथा अर्थ मन्त्रालयका अधिकारी सदस्य थिए ।

समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । मन्त्रालयले दुवै सार्वजनिक गर्दै कार्यान्वयनको चरणमा अघि बढिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

 

 

किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, निजामती कर्मचारीको विवरण अब अनलाइनमै

किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु, निजामती कर्मचारीको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

  काठमाडौँ । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न...

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु,...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५२

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:२१

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४८

  काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...