CG Electronics
IME Life
NIMB

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च

NIMB
Himalayan Bank

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो ।

यस कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी गा्रह्कहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित एक कार्यक्रमबीच यस ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेकोमा हालसालै भोल्भो कन्स्ट्रक्सन इक्यूपमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित आफ्नो प्रख्यात भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ ।

आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अन्र्तगत बिक्री वितरण हुुने भोल्भो ईसी २२० मेसिन शक्तिशाली इन्जिन क्षमताको हूने हुँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।

बजारमा उपलब्ध गराईएको यस इन्जिनले इन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज IIIA मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ ।

यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतिको मेसिनहरु भन्दा १०% बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा गा्रहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा भोल्भो ईसी २२० एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।साथै नेपाल भौगोलिक बनावाटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारीता बृद्दी गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ ।

यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

भोल्भो सीईका अधिकृत वितरक तथा बिक्रेता मार्फत ईसी २२० मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन्। विशेष अफर तथा वित्तीय योजनाहरूका लागि आजै सम्पर्क गर्नुहोस् ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...