Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पन्चकन्या ग्रुपद्वारा भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो ।

यस कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी गा्रह्कहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली को परिसरमा आयोजित एक कार्यक्रमबीच यस ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेकोमा हालसालै भोल्भो कन्स्ट्रक्सन इक्यूपमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित आफ्नो प्रख्यात भोल्भो ईसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ ।

आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अन्र्तगत बिक्री वितरण हुुने भोल्भो ईसी २२० मेसिन शक्तिशाली इन्जिन क्षमताको हूने हुँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।

बजारमा उपलब्ध गराईएको यस इन्जिनले इन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज IIIA मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ ।

यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतिको मेसिनहरु भन्दा १०% बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा गा्रहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा भोल्भो ईसी २२० एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।साथै नेपाल भौगोलिक बनावाटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारीता बृद्दी गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ ।

यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

भोल्भो सीईका अधिकृत वितरक तथा बिक्रेता मार्फत ईसी २२० मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन्। विशेष अफर तथा वित्तीय योजनाहरूका लागि आजै सम्पर्क गर्नुहोस् ।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...