नेपाल बैंक र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि. बीच विशेष छुटको सम्झौता

Monday Mar 17, 2025
वि.सं.२०८१ चैत ४ सोमवार ०७:०७

काठमाडौं । नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि. बीच एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, नेपाल बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई वात्सल्य नेचुरलका विभिन्न अस्पताल र क्लिनिकहरूमा उपचार सेवा प्राप्त गर्दा विशेष छुट प्रदान गरिनेछ।
यस सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारीहरूले प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् भने आई.भि.एफ प्याकेजमा कर्मचारीहरूलाई रु. १५,००० र ग्राहकहरूलाई रु. १०,००० छुट प्रदान गरिनेछ। यसले ग्राहकहरू र कर्मचारीहरू दुवैलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवाको साथै आर्थिक राहत पनि प्रदान गर्नेछ।
सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.का डिजिटल तथा मिडिया प्रबन्धक श्री नविन विष्टले हस्ताक्षर गरेका थिए।
यस सम्झौताबाट नेपाल बैंकका कर्मचारीहरू र ग्राहकहरूले काठमाडौंको नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा रहेका वात्सल्य नेचुरलका अस्पताल र क्लिनिकहरूबाट उच्च स्तरीय उपचार सेवा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकहरू र कर्मचारीहरू दुवैको स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने अपेक्षा छ।
यो सम्झौता नेपाल बैंकले आफ्ना कर्मचारीहरू र ग्राहकहरूलाई प्रदान गर्ने अतिरिक्त सुविधाहरू मध्ये एक हो जसले उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्नेछ।