NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला एमजीले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रिक पिकअप यू९ (MG U9) सार्वजनिक गर्ने तयारी गरेको छ। नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यो पिकअप पहिलो पटक प्रदर्शन गर्ने जनाएको छ।

एमजी यू९ लाई उच्च क्षमता, आधुनिक प्रविधि र प्रिमियम सुविधासहितको लाइफस्टाइल पिकअपका रूपमा विकास गरिएको कम्पनीको दाबी छ। यसमा १०२.२ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री र ३२५ किलोवाटको डुअल मोटर जडान गरिएको छ। डब्लुएलटीपी मापदण्डअनुसार यो गाडीले पूर्ण चार्जमा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्छ। डिसी फास्ट चार्जिङको प्रयोग गर्दा ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म करिब १० मिनेटमै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा छ।

डबल क्याब डिजाइनमा तयार गरिएको यू९ को लम्बाइ ५,५०० एमएम, चौडाइ १,९९७ एमएम र उचाइ १,८६० एमएम छ। ३,३०० एमएम ह्वीलबेस, २२० एमएम ग्राउन्ड क्लियरेन्स तथा २० इन्चका ह्वील दिइएको यस पिकअपले १,१०० केजीसम्म सामान बोक्न र ३,५०० केजीसम्म टो गर्न सक्ने क्षमता राख्छ।

केबिनभित्र १२.३ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, ८ स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ रङको एम्बियन्ट लाइटिङ जडान गरिएको छ। फ्ल्यागशिप भेरियन्टमा चालकका लागि ८–वे पावर एडजस्टेबल सिट, भेन्टिलेसन, मसाज तथा मेमोरी फङ्सन जस्ता सुविधा समावेश छन्।

सुरक्षाका लागि गाडीमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट लगायतका एडभान्स ड्राइभर असिस्ट सिस्टम (ADAS) फिचर उपलब्ध छन्। साथै, भेइकल–टु–लोड (V2L) प्रविधिका कारण गाडीको ब्याट्रीबाट बाह्य विद्युतीय उपकरणसमेत सञ्चालन गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।

पारामाउन्ट मोटर्सले यो नयाँ इलेक्ट्रिक पिकअपमार्फत नेपालको प्रिमियम ईभी पिकअप बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरेको छ।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...