CG Electronics
IME Life
NIMB

‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् ।

शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्तासँगको छलफमा बोल्दै उनले नेपाल ‘ग्रे लिष्ट’मा परेको अवस्थामा सो विषयमा बहस गर्दा झन कालो सूचिमा परिने बताए ।

उनले भने,‘हामी यतिबेला ग्रे लिष्टबाट बाहिर निस्कनुपर्ने अविभारमा छौं । समिति पनि मिनी पाल्र्यामेन्ट हो । संसदमा कालो धनलाई सेतो पार्न छलफल गर्दैछन भन्ने सूचना पुग्यो मात्रै भने समस्या हुन्छ । यस्ता छलफल मात्र चल्यो भने अर्थात सदनमा यस्ता कुरामा छलफल भयो भन्ने सूचना बाहिर गयो भने ग्रे लिष्टबाट बाहिर निस्कने होईन् कालो सूचितिर तानिन्छ ।’

बैठकमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले नेपालीहरूसँग भएको पैसा जसरी कमाए पनि भ्याट लगाएर निकाल्ने व्यवस्था गर्न अर्थमन्त्री पौडेलसँग प्रस्ताव गरेका थिए । १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जेसुकै गरेर ल्याएको भएतापनि निकाल्न दिनुपर्ने उनको प्रस्ताव थियो ।

उनले भने,‘प्रत्येक नेपालीसँग भएको पैसा बाहिर निकाल्ने व्यवस्था गरौँ । १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जेसुकै गरेर ल्याएको होस्, निकाल्न दिनुप¥यो । बरू त्योभन्दा कम कर लगाएर भएपनि निकाल्ने काम गरौँ । दुई नम्बरी गरेर ल्याएको होस् अथवा ६ नम्बरी गरेको होस् । यो काम एकपटक गरौँ ।’

त्यस्तै ,स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दुई कार्यकालभन्दा बढी बैंकमा काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे ।
६ महिनाको कुलिङ पिरियड राखेर पटकपटक सीईओ हुने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ छ ।

 

 

 

 

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...