CG Electronics
IME Life
Ncell NPL

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो ।

ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘केहि दिन यता सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको बिश्लेषण गरी बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोलि खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भईरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी नेप्से एआई लगायतका कुनै पनि अपरिचित लिङक तथा एप्सहरु क्लिीक, डाउनलोड तथा इन्सलट नगर्न हुन सर्वसाधरणमा अनुरोध गरिएको छ ।’

ब्यूरोले जोन डोइ (सांकेतिक नाम) ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआइ नामक एप डाउनलोड गर्दा उनको खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा सारिएको घटना लगायत अन्य ठुला ठुला घटनाहरु घटिरहेको जानकारी दिएको छ ।

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : चन्द्रप्रसाद ढकाल

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:३९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:३३

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:२७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा : दलीयकरण अन्त्य र प्रभावकारी शासनमा जोड

रास्वपाको अध्यादेश र प्रशासनिक सुधारबारे स्पष्ट धारणा...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:१७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेश र सार्वजनिक...

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट

सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:०३

  काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका...