CG Electronics
IME Life
Ncell NPL

चिकित्सकहरुको शिप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्वभर मान्यता दिइने चिकित्सकहरुको शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा नेपालमा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ । असोज २८ गतेबाट सुरु भएको परिक्षा (आज) असोज ३० गते सम्पन्न भएको हो ।

एमआरसिपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त भएकोले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको नेपाल मेडिसिटी अस्पतालका डा.निरज जोशीले बताए ।

यस पटकको परिक्षामा नेपाली परिक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परिक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।

‘यस पटक नेपाली १५ जना परिक्षामा सहभागी छौ । यसमा नेपाल मेडिसिटी हस्पिटलका ५÷६ जना छन् भने अरु अन्य हस्पिटलबाट आउनु भएको छ ।

उहाँहरु सबैजना तालिम पाएर परिक्षामा सहभागी भएका हुन् । मेरो विचारमा यसलाई निरन्तर दिनु आवश्यक छ । हाम्रो तालिम अन्तर्राष्ट्रियरुपको हुन जरुरी छ । हामीले बढी सैदान्तिक भन्दा प्रयोगात्मक रुपमा ल्याउन जरुरी छ,’ उनले भने ।

सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रुपमा परीक्षा केन्द्रका रुपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।

यस वर्ष नेपालसहित परीक्षामा सहभागि हुन बंगलादेश, भारत, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभसबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए ।

त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति रहेको थियो । डा. डेभिड ब्ल्याक, डा. एलिनोर ग्रोगन, डा. अर्थर डकं, डा. क्याट्या एडि र डा. काथिर योगनाथन बेलायतबाट परीक्षा निरीक्षणका लागि रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।

नेपालबाट परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ र डा. लक्की शर्मा, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबाट डा. सुदिप श्रेष्ठ, ह्याम्स अस्पतालबाट डा. रक्षा पाण्डे, नर्भिक अस्पतालबाट डा. यादव के. डि भट्ट, चितवन मेडिकल कलेजबाट डा. सितल अधिकारी, आइओएमबाट डा. महेशराज सिग्देल, ओम अस्पतालबाट डा. रविन्द्र श्रेष्ठ, नेपाल मेडिकल कलेजबाट डा. प्रविन अधिकारी पाटन अस्पतालबाट डा. युवराज शर्मा र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डा. अरुण मास्के परीक्षकका रुपमा सहभागि भएका थिए ।

 

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:२१

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४८

  काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...